ऋषभ पन्तले बनाए १ सय एक रन

काठमाडौं । इङ्ल्यान्डविरुद्ध चौथो तथा अन्तिम टेस्ट क्रिकेटको पहिलो पालीमा भारतले अग्रता लिएको छ।

घरेलु टोलीले दोस्रो दिनको खेल समाप्तीमा ७ विकेट गुमाएर २ सय ९४ रन जोडेको हो।

भारतले ८९ रनको अग्रता लिइसकेको छ।

भारतका लागि विकेटकिपर रिसभ पन्तले सतकीय पारी खेले।

उनले १ सय १ रन बनाए। पछिल्लोक्रमका वासिङ्टन सुन्दर ६० रनमा अविजित छन्।

पन्त र सुन्दरले सातौँ विकेटका लागि एक सय १३ रनको साझेदारी गरेका थिए।

पन्तले तेस्रो टेस्ट सतक बनाएका हुन्। उनी करियरको २० औँ टेस्ट खेल्दै छन्।