ओली पक्षीय संसदीय दलमा पनि गौतम सहभागी नहुने

काठमाडौं । शुक्रबार साँझ ओली गौतम निवासमा उपनेता सुवास नेममाङ र सल्लाहकारसहित गए, जहाँ पारिवारिक भेट भनिए पनि वर्तमान राजनैतिक अवस्थाका बारे छलफल चल्यो ।

ओलीले गौतमसँग पछिल्लो राजनीतिक घटनाक्रमका का सन्दर्भमा गोतमसँग भलाकुशारी गरे ।

सो सन्दर्भमा ओलीले संसदीय दलको बैठकमा आउने निम्तो दिएको ओली निकट स्रोतले जानकारी दिएको छ ।

ओलीले संसदीय दलको बैठकमा सहभागी हुन निम्तो दिए पनि राष्ट्रियसभाका सांसद वामदेव गौतम र प्रतिनिधिसभाका सांसद उनकी पत्नी अमृता थापा भने ओली समूहले बोलाएको संसदीय दलको बैठकमा सहभागी नहुने भएका छन्।

गौतम निकट स्रोतका अनुसार प्रधानमन्त्री ओली आफैं आएर बैठकमा सहभागी हुन निम्तो दिए पनि गौतम र उनकी पत्नी सहभागी नहुने बताएका हुन्।

उनीहरु दुबै पार्टी एकता अभियान चलाइरहेका कारण कुनै पनि समूहको भेलामा सहभागी नहुने भएका हुन् ।