काँठ क्षेत्रका संघर्षशील राजेन्द्र चेम्वरको अध्यक्षमा निर्वाचित

काठमाडौं । काठमाडौं जिल्लाको उत्तर पूर्वी क्षेत्र साँखु फेदीमा जन्मिएका संघर्षशील एवं काँठ क्षेत्रकै शालिन व्यवसायीका रुपमा चिनिएका राजेन्द्र मल्ल नेपाल चेम्वर अफ कमर्शको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छ ।

५५ सदस्यीय केन्द्रीय कार्यसमितिमो नेतृत्व गर्दै लामो समय व्यवसायमा संलग्न मल्ललाई कार्यसमितिका निर्वाचित सदस्यहरुको प्रथम वैकठले मल्लको अध्यक्षका पदाधिकारी चयन गरेको हो ।

चेम्वरको वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार अग्रवाल निर्वाचित भएका छन् भने उपाध्यक्षमा बाणिज्यतर्फ दीपककुमार मलहोत्रा, उद्योग तर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगर तर्फ दीपक श्रेष्ठ, बस्तुगत संघबाट सुरेन्द्रकुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य संघबाट त्रिभुवनधर तुलाधर निर्वाचित भएका हुन् ।

चेम्वरको कार्यसमितिका ५५ सदस्यहरु मध्ये १५ जना वाणिज्यतर्फ, ९ जना उद्योगतर्फ, १५ जना जिल्लातर्फ र एक जना नगर तर्फ, ९ जना वस्तुगत संघ तर्फ, तीन जना द्विराष्ट्रिय संस्थागत संस्थागत, तीन जना आवद्ध तर्फरहेने व्यवस्था छ ।