बीर अस्पतालको भ्रष्टाचार : ८० रुपैयाँको छापलाई ५ सय २५ (प्रमाण सहित)

काठमाडौ । जनताको स्वास्थ्य सेवाका लागि स्थापना भएको मुलुकको जेठो अस्पतालका रुपमा रहेको बीर अस्पतालमा कतिसम्मको भ्रष्टाचार हुन्छ भन्ने कुराको पछिल्लो पटक ८० रुपैयाँ पर्ने काठमाडौंको छापको वीललाई ५ सय २५ रुपैयाँ भुक्तानी गरेर उदाङ्गो पारिदिएको छ ।

घुस खानको पनि सिमा हुन्छ नि भन्छन् वीर अस्पतालमा नै कार्यरत कर्मचारी । तर, पटक पटक अनियमितता हुँदै आईरहेको वीर अस्पताल राष्ट्रिय सर्तकता केन्द्रले कारवाही गर्ने र नयाँ खरिद एकाई बनाउन सिफारिश गरेको भएपनि कुनै कारवाही भएको छैन।

अस्पतालका निर्देशक र उपकुलपतिले नदेखेझै गर्छन भने हालै स्वास्थ्य मन्त्रालयले पनि अनियमितताको सम्बन्धमा छानविन समिति नै गठन गरि छानविन गरिरहेको छ। तर अहिले खरिद एकाइ प्रमुख भगवती थपलिया, खरिदकै अरुण महत्तो पुर्व निर्दशक डा। केदार सेन्चुरीले एउटा घिनलाग्दो भष्ट्राचार गरेका छन।

८०-९० रूपैयामा पाइने काठको छाप १५० वटा बनाउदा प्रतिगोटाको ५२५ रूपैंयामा बनाएर भष्ट्राचार गरेका हुन । यति तल्लो स्तरको अनियमितता गर्नेले करोडौंको उपकरण खरिदमा के गरे होला ?

हाल करोंडौको उपकरण बिग्रिएका छन, सिटीस्याक्यान , भेन्टिलेटर, अक्सिजन मेसिन बनाउने कुनै चासो छैन ‌। रू ८० पर्ने अस्पताल ओपिडी छाप श्री चौरी गगा सल्पाई संग ५२५ मा किनेर सिधै भष्ट्राचार गरेको छ। खरिद एकाईकै एक कर्मचारी भन्छन – कोभिड बिरामीलाई आबश्यक अक्सिजन र भेन्टिलेटर खरिद एकाईले बनाएका छैन तर निर्देशक र भिसिले कुनै चासो दिएका छैनन।