काठमाडौं । कोरोना महामारी बढ्दै गएको र स्वास्थ्य सुरक्षा सावधानी बारे लापरबाही बढेको भन्दै सीसीएमसीले सरकारलाई काठमाडौं उपत्यकामा १ महिना लकडाउन गर्न सरकारलाई सुझाव दिएको छ ।
शनिबार दिउँसो ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा १ महिना लकडाउन गर्न सुझाव दिने सीसीएमसी सचिवालयले जनाएको छ। सचिवालयका अनुसार काठमाडौं उपत्यका प्रवेश गर्ने नाका १ महिना बन्द गर्ने सुझाव दिन सीसीएमसीले तयारी गरेको छ ।
Add Comment