हेटाैंडामा सुरू भयाे जाेरबिजाेर

हेटौंडा । कोभिड १९ सकट व्यवस्थापन केन्द्र मकवानपुरको शुक्रबार बसेको बैठकले बनारभित्र सवारीसाधनको चाप बढेकाले आइतबारबाट लागू हुने गरी निजी सावरीसाधनमा जोरबिजोर प्रणली लागू गर्ने निर्णय गरेको छ ।

निजीसँगैं अट्टो, ईरिक्सा, मयुरी, मयाजिक र टेम्पोलाई समेत जोरबिजारे प्रणाली लागू गर्ने निर्णय गरिएको हो ।

नेपाल सरकारले जिल्लामा गरेको परिपत्रअनुसार नागरिकलाई भीड नगर्न, मास्क अनिवार्य प्रयोग गर्न केन्द्रले भनेको छ ।

जिल्लामा शैक्षिक संस्था, पार्टी प्यालेस, वनभोज, पार्क बन्द गरिनुका साथै सार्वजनिस्थलमा मास्क नलगाउनेलाई संक्रामक रोग एन २०२० बमोजिम कारवाही गरिने जनाइएको छ ।

बैठकले सहायक प्रजिअको संयोजकत्वमा अनुगमन समिति तयार पारी अनुगनलाई तीव्र बनाउने बताएको छ । नेपाल समाचारपत्र दैनिकबाट