इराकको अस्पतालमा आगलागी हुँदा ८२काे मृत्यु थपिने क्रम जारी

इराक । इराकको राजधानी बग्दादमा रहेको एक अस्पतालमा आगलागी हुँदा कम्तीमा ८२ जनाको ज्यान गएको छ ।

कोरोना भाइरसबाट संक्रमित भएका बिरामीहरुको उपचार हुँदै आएको अस्पतालमा आगलागी भएको हो ।

जलेर अरु १०० भन्दा धेरै घाइते भएका छन् ।

बग्दादमा रहेको इब्न खतिब अस्पतालमा शनिबार राति आगलागी भएको थियो।

अक्सिजन ट्यांक बिस्फोट हुँदा आगलागी भएको जनाइएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको अफगान सरकारले जनाएको छ ।