पूर्व रानीको स्वास्थ्यमा सुधार आइसियुबाट वार्डमा सारियो

काठमाडौं । विगत १२ दिनदेखि कोरोना संक्रमणका कारण नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार आएको छ ।

पूर्व रानीको कोभिड १९ का कारण आईसियुमा राखेर उपचार भईरहेको थियो । नर्भिक अस्पताले प्रेस विज्ञप्ति मार्फत पूर्वरानी कोमल शाहलाई आइसियुबाट वार्डमा सारिएको जनाएको छ ।

गत विहिबार प्लाज्मा थेरापी विधिबाट थप उपचार थालिएपछि उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएपछि वार्डका सारिएको अस्पतालले जनाएको छ ।