नयाँ भेरियन्टको कोभिड १९ को संक्रमण तीव्र गतिमा बढ्दै, एकै दिनमा ५९ जनाको निधन

काठमाडौं । नयाँ भेरियन्टको कोभिड १९ को संक्रमण काठमाडौ उपत्यकाका तीव्र गतिमा बढ्दै गईरहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५८ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म नेपालमा ३ लाख ५९ हजार ६ सय १० जनामा कोभिड पुष्टि भएको छ भने ३ हजार ४ सय ७५ जनाको मृत्यु भएको छ ।