डढेल्धुराकाे अमरगढी नगपािलकाकाे जुगाड, मेयरकाे गाडी एम्बुलेन्स बनाइयाे

डडेल्धुरा । काेराेना नियन्त्रणकाे लागि डढेल्धुरा नगपािलकाले जुगाडकाे खाेज गरेकाे छ । डडेल्धुराको अमरगढी नगरपालिकाका प्रमुखले चढ्ने सरकारी गाडी अब एम्बुलेन्सकाेरूपमा प्रयाेग हुने भएकाे छ  ।  नगरप्रमुख चढ्ने गरेकाे गाडी   एम्बुलेन्स बनाउने भएपछि स्थानीय खुशी छन् । साथै नगरपालिकाले  नगरपालिकाको टिपरलाई शववाहन बनाउने निर्णय गरेको  छ ।

साे नगरपािलिकाकाे सरकारी गाडीलाई यसरी एम्बुलेन्स र शववाहन बनाएपछि जनप्रतिनीधिका कारण स्थानीय खुशी नहुने कुरै भएन । स्थानीय तहकाे यस्ताे जुगाडलाई प्रशंसा गर्नुपर्छ । महामारीले जनताकाे स्वास्थ्य बिग्रन नदिन गरिएकाे यस्ताे कामकाे चाैतर्फी प्रशंसा हुनुपर्छ । यस्ताे काम गर्ने  डडेल्धुरा पहिलो नगरपालिका पनि बन्न पुगेकाे छ ।

नगरपालिकाले  कोरोना नियन्त्रणका लागि सक्रिय भूमिका खेलिरहेकोले स्थानीय खुशी भएका छन् । नगरपालिकाले कोरोना नियन्त्रणका लागि आफ्ना सबै संरचना परिचालन गर्ने पनि बताएकाे छ ।