ओली किन थिलोथिलो भएर गलेका छन् ?

काठमाडाैं । नेपनल कम्युनिष्ट पार्टी अध्यक्ष केपी ओली संसद विघटनपछि शक्तिसंचयमा लागेका भए पनिअब भने आत्मालोचना गर्न लागेको देखिन्छ । उनले पक्षधर नेता एवं अर्थमन्त्री विष्णु पौडेलले बिहिबार माधवकुमार नेपाल पक्षका सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टसँग छलफल गरेका छन्। ओलीले गरेकाे गतिविधि हेर्दा उनी अब गलेका देखिन्छन् ।  उनको शक्तिमोहका कारण पार्टीलाई अस्तव्यस्सत बनाएका ओलीको अब भने घैंटोमा घाम लागेको देखिन्छ ।  बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले योगेश भट्टराई र गणेश पहाडीसँग कुराकानी गरेका थिए।  बिहिबार साँझ नै प्रधानमन्त्री ओलीसँग मन्त्रीहरू लीलानाथ श्रेष्ठ र पार्वत गुरुङलगायतले विवाद मिलाउनुपर्छ भन्दै छलफल गरेका थिए। बुधबार साँझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रमुख सचेतक विशाल भट्टराईले पार्टीको विवाद निरूपण गरेर अघि बढ्न ओलीलाई सुझाव दिएका थिए। दुई समूहबीच संवाद सुरु भएको र यसलाई सकारात्मक रूपमा लिएको नेपाल पक्षका नेताले बताएका छन् भने ओली पक्षधर नेता पनि छलफल सकारात्मक दिशामा उन्मुख गराउनुपर्छ भन्दै लागेका छन्।

पाण्डे र बिष्टसँगको कुराकानीमा पौडेलले पार्टी एकता कायम राख्न प्रस्ताव गरेको बताइएको छ। पाण्डे र बिष्टले भने फागुन २८ को निर्णय सच्याए विवाद सुल्झन समय नलाग्ने बताएका थिए। कुराकानीपछि पाण्डेले भेटघाटको सुरुवात भएको बताए। ‘यसलाई हामीले कुराकानीको सुरुवाती चरण मानेका छौं। खुलेरै कुराकानी भयो, यसले तत्कालै परिणाम आउन सक्दैन तर केही राम्रो हुने अपेक्षा गरेका छौं,’ पाण्डेले भने। उनीहरूसँग कुराकानी गरेपछि पौडेल मन्त्रिपरिषद्को बैठकमा भाग लिन बालुवाटार गएका थिए। मन्त्रिपरिषद् बैठक सकिएपछि ओलीसँग पौडेलले छुट्टै कुराकानी गरेका थिए भने अन्य मन्त्रीले विवाद मिलाएर जान सुझाव दिएका थिए। प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई विवाद निरूपण गर्ने आश्वासन दिएको भए पनि उपायबारे भने बताएका छैनन्।

पौडेल, पाण्डे र बिष्टबीच छलफल हुनुअघि बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा नेपाल पक्षका नेतालाई गरिएको कारबाही फुकुवा गर्ने विषयमा छलफल भएको थियो। त्यस क्रममा अध्यक्ष ओलीले नेपाल पक्षलाई गरिएको कारबाही फुकुवा गर्ने संकेत गरेका थिए। कारवाही फुकुवा गरौं, पार्टी एक बनाएर लैजाऔं र सरकारलाई पनि जोगाऔं भन्ने मत आएपछि ओलीले नेपाललगायतका नेतामाथिको कारबाही फुकुवा गर्ने संकेत गरेको बैठकमा सहभागी एक सदस्यले बताए। सत्तारूढ एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार अलगअलग भेट गरेका छन्।   यसअघि राष्ट्रपति भण्डारीले पटकपटक बोलाउँदा पनि राष्ट्रपति कार्यालय नगएका नेता नेपाल बिहीबार साँझ त्यहाँ गए। भेटमा पार्टीभित्रको विवादका बारेमा कुराकानी भएको स्रोतले बतायो। नेता नेपालले पार्टीको विवाद मिलाउन ओलीले गरेका निर्णय सच्याउनुपर्ने बताएका थिए। विपक्षी दलका नेता शेरबहादुर देउवालाई भेटेर फर्किने क्रममा नेपाल शीतल निवास पसेका थिए।

नेता नेपाल शीतल निवासबाट बाहिरिएलगत्तै ओली त्यहाँ पुगेका थिए। स्थायी कमिटी बैठक सकिएपछि दिउँसो शीतल निवास गएका ओली साँझ पनि राष्ट्रपतिलाई भेट्न पुगेका थिए। प्रधानमन्त्री ओली मन्त्रिपरिषद्को बैठक सकेर साँझ राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका हुन्। साँझको भेटमा एमालेभित्रको विवादबारे कुराकानी भएको राष्ट्रपति निकट स्रोतको दाबी छ। पत्रपत्रिका