सांसदहरूकाे स्वाब लिने काम  लम्बिने

काठमाडौं। सांसदहरूकाे स्वाब लिने काम  लम्बिने भएकाे छ । हिजाे सबै सांसदकाे स्वाब लिन नभ्याइएकाेले  आज पनि संसद भवन परिसरमा स्वाब लिनेकाम भइरहेकाे छ । स्वाब संकलन गरिरहेका चिकित्सा टाेटीका अनुसार आज पनि सांसदहरूकाे स्वाब लिइने भएकाे हाे । विभिन्न दलका सांसदहरू काठमाडाैंमा छैनन् ।

सचिवालयले  २२ र २३ गते स्वाब लिन समय तोकेकाे थियाे ।  सांसदहरु स्वाब लिन छुटेका कारण  आजको लागि समय थप गरेर स्वाब लिने काम भइरहेकाे हाे ।

नेपाली  कांग्रेसका कतिपय सांसद अहिले जिल्लामा रहेका छन् । उनीहरूकाे स्वाब संकलन गर्न सकिएकाे छैन । कांग्रेस संसदीय दलले  स्वाब दिने समय थप्न सचिवालयलाई पत्राचार गरेकाे बताइएकाे छ ।

यसकारण सांसदकाे स्वाब संकलनकाे काम सकिन समय लाग्ने भएकाे हाे ।