काठमाडाैं । नुवाकाेटकाे पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाउन दिएकाे नेपाली कांग्रेसले पर्वतको पार्टी कार्यालयलाई पनि कोभिड अस्पताल बनाउन दिने भएको छ । पर्वतमा पनि काेराेनाकाे बिरामी थपिएपछि कांग्रेसले यस्ताे निर्णय गरेकाे हाे ।
नागरिकको उपचार सहज बनाउन विपी स्मृति भवनलाई कोभिड–१९ रोकथामका लागि अस्थायी अस्पताल बनाउन दिएकाे कांग्रेसका एक केन्द्रीय सदस्यले कालाेपाटीलाई फाेन वार्तामा बताए । नागरिककाे स्वास्थ्य राम्राे बनाउन सकिन्छ कि भन्नेमा कांग्रेस रहेकाे पनि उनले साे संवादमा बताएका छन् ।
बिरामीलाई राखेर उपचार गर्न ठाउँ अभाव भएमा पार्टी कार्यालयलाई आइसोलेसन वा कोभिड अस्पतालकारुपमा प्रयोग गर्न सकिने भएकाे हाे । हामीले साे भवन उपलब्ध गराउँदा अस्पतालकाे अभावबाट सर्वसाधारणकाे ज्यान जान नपाओस् भन्ने आफूहरुको अभिमत रहेको उनले बताएका छन् ।
Add Comment