इजरायलको अल अक्सा मस्जिदमा झडप, विवरण आउन बाँकी

एजेन्सी । जेरुसलमको एक मस्जिदमा इजरायली प्रहरी र पेलेस्टेनी धर्माबलम्बीहरुबीच  झडप भएकाे छ । साे घटनाकाे विवरण नआइसकेकाे भए पनि एजेन्सीहरूले  १ सय ७८ जना घाइते भएकाे जानएका छन् । अझै थप विवरण आउनसक्ने बिबिसीले जनाएकाे छ ।  इजरायलको अल अक्सा मस्जिदमा हजाराैंको संख्यामा भेला भएका मुस्लिम समुदायका धर्माबलम्बीहरुले रमादानको अन्तिम दिन प्रार्थनाका क्रममा भएको झडपमा उनीहरु घाइते भएका हुन् ।

 

जेरुसलममा पेलेस्टेनी परिवारलाई इजरायलले लखेट्न खोजेको निउँमा झडप भएको बुझिएको छ । झडपकै क्रममा प्रदर्शकारीहरुले प्रहरीमाथि बोतल र ढुंगा प्रहार गर्दा प्रहरीले भने प्रर्दशनकारीहरुमाथि ग्रेनेड प्रहार गरेपछी दोहोरो भिडन्त भएको हो । घटनामा दर्जनौ प्रहरी घाइते भएका छन् । इजरायल र पेलेस्टेनी जनताबीच जेरुसलममा दशकौंदेखि केही न केही निउँमा झडप हुने गरेको छ । जसमा सयौंको ज्यान जाने गरेको छ ।