अमेरिकामा अन्धाधुन्ध गोली प्रहार हुँदा एक नेपालीको मृत्यु

काठमाडौं । अमेरिकाको बाल्टिमोरमा शनिबार एक व्यक्तिले गरेको आगजनी र अन्धाधुन्ध गोली प्रहारमा नेपाली विद्यार्थीको ज्यान गएको छ। प्रहरीका अनुसार ५६ वर्षीय एभर्टन ब्राउनले आफ्नो घरमा आगो लगाएपछि अन्धाधुन्ध गोली चलाएका थिए। घटनामा नजिकैको घरमा बस्ने संखुवासभाको खाँदबारी स्थायी घर भएका २७ वर्षीय सागर घिमिरेको ज्यान गएको हो। घटनामा अन्य तीन जनाको पनि ज्यान गएको छ। प्रहरी कारबाहीमा पछि ब्राउन मारिएका थिए।

 

चार वर्षअघि अमेरिका गएका सागरले केही समयअघि मात्र स्नातकको पढाइ सकेका थिए। उनले छात्रवृत्तिमा क्लाफिन युनिभर्सिटीमा पढेका थिए। सागरका दाजु र बुबा खाँदबारीमा बस्छन्। आमाको केही समयअघि मृत्यु भएको थियो। उनकाे परिवारलाई सघाउने उनी एक्ला व्यक्ति रहेका थिए ।