इजरायल र प्यालेस्टाइनी बिद्रोही समूहबीच रकेट युद्ध

काठमाडाैं । इजरायल र प्यालेस्टाइनी विद्रोही समूहबीच रकेटयुद्ध सुरू भएकाे केही दिन बितेकाे छ ।   पछिल्ला केही दिनदेखि तनाव बढिरहेको समाचार एजेन्सीहरूमा बताइएकाे छ ।  तनावले उग्ररूप लिँदै गएपछि रकेटमार्फत् युद्ध हुन लागेकाे हाे । समाचार एजेन्सी रोयटर्सले जनाए अनुसार  प्यालेस्टाइनी विद्रोही समूहले जेरूसेलममा रकेट आक्रमण गरेको छ । त्यसकाे प्रतिउत्तर इजारायलले हवाइ आक्रमण गरेको समाचारहरूमा बताइएकाे छ ।

इजरायलको सेनाले जनाएको कुरा मान्ने हाे भने गाजाका विद्रोही समूह, रकेट आक्रमणकारी र सैनिक पोष्टहरूमा आक्रमण गरिएको छ । उनीहरूले ‘रेड लाइन’ पार गरेकाले आक्रमण गर्नु परेको इजरायली सेनाको भनाइ छ। इजरायली सेनाको हवाइ आक्रमण सोमबार रातिसम्म जारी थियो। सेनाले प्यालेस्टाइनीहरूले १५० रकेट प्रहार गरेको र तीमध्ये केहीलाई आकाशमै ध्वस्त पारिएको बताएको छ। सोमबार बिहान जेरूसेलममा रहेको अल अक्सा मस्जिदमा तनाव भएको थियो। उक्त ठाउँ इजरायली र प्यालेस्टाइनीबीचको विवादको एउटा केन्द्र हो। यहुदीले यसलाई ‘टेम्पल माउन्ट’ भन्छन् भने मुस्लिमहरू पनि धार्मिक केन्द्र ठान्छन्।