आइसियू नपाउँदा बिरामी त्यसै ज्यान गुमाउँछन्

काठमाडाैं ।सुदुपश्चिमका अस्पतालमा आइसीयू सञ्चालनमा आउन नसक्दा कोरोना सङ्क्रमितलाई थप उपचारका लागि धनगढी र नेपालगञ्ज पठाउनुपर्ने बाध्यता छ । ती ठाउँमा रहेका अस्पतालमा समेत कोरोना सङ्क्रमितले सहजरूपमा उपचार पाउन नसक्दा ज्यान गुमाउनुपर्ने अवस्था आएको हो । स्थानीयवासीले जनशक्तिको व्यवस्थापन गरेर भए पनि तत्काल आइसीयू सञ्चालन हुनुपर्ने माग गर्दै आएका छन् ।धनगढीकाअस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले जनशक्तिको व्यवस्थापन निकै चुनौतीपूर्ण भइरहेको भन्दै आइसीयू सञ्चालनका लागि स्थानीय तहसँग निरन्तर समन्वय गर्दा पनि सफल हुन नसकेको बताएका छन् ।

 

“गत वर्षदेखि नै एनेस्थेसिया माग्दै आएका छौँ, आफू पनि खोजिरहेका छौँ तर पाउन सकेका छैनौँ”, अध्यक्ष रावलले भनेका छनन्, “सङ्घीय मन्त्रालयका मन्त्री, प्रदेश सरकारका मन्त्रीदेखि सबैलाई भन्दाभन्दै थाकिसक्यौँ, स्थानीय सरकारले पनि सुनुवाइ गरेको छैन । अहिले त फोन पनि उठ्दैन ।” अध्यक्ष रावलले अस्पतालमा भएका पूर्वाधारको प्रयोग गर्ने जनशक्ति नहुँदा बिरामीले अकालमा ज्यान गुमाउनु परिरहेको गुनासो गरेका छन् । कैलालीको पूर्वी क्षेत्रका टीकापुर, लम्कीचुहा र भजनी नगरपालिकाका साथै जानकी, जोशीपुर, बर्दगोरिया, मोहन्याल गाउँपालिका र छिमेकी बर्दिया जिल्लाको पश्चिमी भेगका पालिकाका बासिन्दाले उपचार सेवा लिँदै आएको यस अस्पतालले विगत लामो समयदेखि नै जनशक्ति अभाव भोग्दै आएको छ । अस्पतालले स्थानीय सरकारसँग आइसीयू सञ्चालनका लागि सर्वदलीय छलफलसमेत गरेको थियो । छलफलमा जनप्रतिनिधि सकारात्मक देखिए पनि छलफलपश्चात भने जनप्रतिनिधिबाट कुनै प्रतिक्रिया नआएको  स्थानीयकाे गुनासाे गरेका छन्।