काठमाडौंमा अक्सिजनको कालोबजारी गर्ने ७ जना पुगे मामाघर

काठमाडौं । महानगरीय अपराध महाशाखाले नक्कली अक्सिमिटरको कालोबाजरी गर्ने ७ जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा ७६५ थान अक्सिमिटर बरामद भएको महाशाखाले जनाएको छ। हाल विश्वभरी महामारीको रुपमा फैलिएको कोरोभाइरस (कोभिड–१९) का कारण सिर्जित विकराल अवस्थामा मानिसको शरीरको पल्स र अक्सिजनको मात्रा नाप्न प्रयोग हुन्छ अक्सिमिटर।

 

यस्तोबेला अत्याधिक माग भइरहेको अवस्थामा विभिन्न औषधीजन्य पसल एवं फर्माहरुले आम सर्वसाधारणहरुलाई बजार मूल्यभन्दा बढी मूल्य लिई नक्कली अक्सिमिटर बेच्ने गरेको भन्ने विशेष सूचनाको आधारामा छापा मार्दा ७६५ थान बरामद भएको महाशाखाका एसपी कृष्ण कोइरालाले बताए। महाशाखाले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी, औषधी व्यवस्था विभाग तथा वाणिज्य विभागका प्रतिनिधीको रोहवरमा अक्सिमिटर बरामद गरेको हो।