रुसको विद्यालयमा गोली चल्दा ११ जनाको गयो ज्यान

रुस । रुसको कजान शहरको एक विद्यालयमा मंगलबार अन्धाधुन्ध गोली प्रहार हुँदा ११ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार दुई व्यक्तिले गोली चलाउँदा एक शिक्षकसहित विद्यार्थी बालबालिकाहरुको मृत्यु भएको हो। अहिले प्रहरीले यस घटनामा संलग्न एक १९ वर्षका किशोरलाई हिरासतमा लिइसकेको छ। अर्का संदिग्धलाई भने प्रहरीले विद्यालय भवनको चौथो तलामा गोली हानी मारेका छन्।

गाेली के कारणले चलाइएकाे भन्ने अझै खुल्न सकेकाे छैन । रूसी समाचारहरूले जनाए अनुसार प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेकाे छ ।