संक्रमितको मृत्यु संख्या बढेसँगै स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न अनुरोध

काठमाडौं ।  नेपालमा कोरोना संक्रमितकाे मृत्यु संख्या उकालाे लाग्न थालेकाे छ । हरेक दिन काेराेना संक्रमितकाे मृत्यु बढ्दै गएकाे छ । एकै  दिनमा काेराेनाले मृत्यु हुनेकाे संख्या यसरी बढेकाे पहिलाे पटक हाे ।मन्त्रालयले जारी गरेकाे सूचना अनुसार  २४ घण्टामा २२५ जना संक्रमितको मृत्यु भएको  तथ्य बाहिरिएकाे छ । याे तथ्यसँगै सर्वसाधारणले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने देखिएकाे छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४ हजार ८४ जनाको मृत्यु भएको छ। हिजो देशभर  १३९ संक्रमितको मृत्यु भएको थियो।  २४ घण्टामा देशभर नेपालमा ९ हजार  ४८३  जना व्यक्ति कोरोना संक्रमित पुष्टि भएका छन्। मन्त्रालयले संक्रमितको मृत्युको संख्या बढेसँगै स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न अनुरोधसमेत गरेकाे छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा २० हजार ५९६  जनाको पीसीआर विधि र ७२०  जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ हजार ४८३   जना संक्रमित पुष्टि भएका हुन्। नयाँ संक्रमित थप भएसँगै  ९७ हजार ८ जना सक्रिय संक्रमित रहेका छन्।   ४४८ जना व्यक्ति क्वारेन्टाइनमा छन्। आज देशभर  ५ हजार २२५ जना व्यक्ति निको भएका छन्।