धरानमा कोरोनाका कारण मृतकहरुको शवदाहन गर्न अवरोध

धरान । धरानमका स्थानीले  कोरोना संक्रमित भई मृत्यु भएकाहरुको अन्त्यष्टि गर्न नदिने भएका छन्  । धरान-१५ खत्रीधारा क्षेत्रका स्थानीयवासी कोरोना भाइरसका कारण मृत्यु भएकाको शव व्यवस्थापन गर्दा त्यहाँ आसपासका स्थानीयलाई समस्या हुने भन्दै विरोधमा उत्रिएपछि अन्त्येष्टि गर्न विराटनगर लग्न थालिएको छ । धरानमा खत्री धारा घाट र बौद्ध दाहसंस्कार स्थल गरेर दुई वटा अन्त्येष्टि गर्ने  घाट रहेका छन् । दुवै घाटमा स्थानीयले अवरोध गरेपछि सोमबर मृत्यु भएका धरानका कोरोना संक्रमितको विराटनगरस्थित परोपकार घाटमा लगेर अन्त्येष्टि गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

स्थानीयले सोमबार राति मृत्यु भएका धरान १६ का पुरुषको जातीय परम्पराअनुसार अन्त्येष्टि गर्न अवरोध गरेको बस्नेतले बताए ।  आफन्तले  चतरा र इटहरीमा सम्पर्क गरे तर कोरोना संक्रमितको शव भनेपछि चतरा र इटहरीले धरानमै दाहसंस्कार गर्न नदिएको बस्नेतले बताए । बिहानभरि खोज्दा सुनसरीमा घाट नपाएपछि मंगलबार दिउँसो विराटनगर ल्याएर  अन्त्येष्टि गरिएको छ ।

दाहसंस्कार स्थलमा झडप हुने अवस्था भएपछि प्रहरीसमेत परिचालन गरिएको थियो तर, स्थानीयवासी निरन्तर विरोधमा उत्रिएपछि शव ल्याइएन । शव व्यवस्थापन गर्न कम्तीमा ४ जना पिपिईसहितका स्वास्थ्य सामग्री लगाएका भएमा आफन्तलाई व्यवस्थापन गर्न दिने र नभएमा नेपाली सेनाले गतवर्ष जस्तै व्यवस्थापन गर्नुपर्ने नेपाल सरकारको मापदण्ड रहेको छ ।