सत्ता समीकरणका लागि देउवा-प्रचण्ड भेट

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा बिहीबार सकिने भएकाले यसबारे छलफल दलहरूकाे छलफल तीब्र हुँदै गएकाे छ । एमाले नेता माधव नेपालसँग प्रधानमन्त्रीकाे बैठक चलिरहँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र देउवाको भेटवार्ता भइरहेको छ ।  माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता सुरू भएको बताइएको छ ।

एकातिर महन्थ पक्षले प्रधानमन्त्री पाए साथ दिने बताएकाे कांग्रेसलाई के गर्ने भन्ने निर्णयमा पुग्न अप्ठेरो भएको छ । समयसीमा कटेको खण्डमा ओली नै पुनः देशको प्रधानमन्त्री हुनेछन् । कांग्रेस लगायत दलहरुलाई यो कुरा स्वीकार्य छैन । गएकाे बुधवार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली नेताहरूसहित देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका थिए ।

याे राजनैतिक सरगर्मीकाबीच केराेना महामारीले देश छियाछिया भएकाे छ । यसकाे अन्त्य गर्न भने कुनै पनि दल लागिपरेका छैनन् ।