झाँक्री भन्छिन्- विद्राेह नै अन्तिम विकल्प

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता चल्दै गर्दा एमालेकी सांसद रामकुमारी झाँक्रीले विद्रोह मात्रै विकल्प भएको बताएकी छिन्। उनले ठोस प्रस्ताव र लिखित सहमतिबिना अलमलमा पर्न नहुने बताउँदै आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्ने बताएकी छिन्।  उनले संसद् विघटन सही रहेको  प्रमाणित गर्न ‘प्रभुको इसारामा गरिएको वार्तालगायतका क्रियाकलाप भइरहेको टिप्पणी गरिन्।

उनको धारणा छ, ‘आफूले संसद् विघटन गरेको सही थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको इसारामा यो सबै हुँदैछ। जनता, लोकतन्त्र र संविधानको रक्षाको लागि हाम्रो अगाडि एक मात्र विकल्प हो विद्रोह। हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ। सचेत बनौं।’