देउवा धोकेबाज भएकाले सहकार्य नहुने महन्थ ठाकुरको भनाई

काठमाडौं । केपी ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठन गर्नका लागि तीन दिनको समयमा राजनीतिक दलहरु इतरवितर बनिरहेका छन् । विशेष गरी ओलीलाई विश्वासको मत नदिएका राजनीतिक दल एवं नेकपा एमाले माधवकुमार समूह, माओवादी केन्द्र समेत नयाँ सरकार गठनका लागि जोडतोडले लागि परेका छन् ।

यही मौकामा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले आप्mनो नेतृत्वमा सरकार बनाउनका लागि सघाउन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई गरेको आग्रहलाई अस्वीकार गरेपछि राजनीतिक घेरावन्दीले नयाँ रुप लिएको छ ।

देउवा निवासमा बोलाएर जसपा अध्यक्षलाई फकाउन खोजे पनि भागबण्डामा के के मिलेन कुन्नी महन्थ ठाकुर भने सरकार निर्माणको दौडमा आफू नभएको भन्दै देउवालाई हिस्स बनाएर निस्किएका छन् । देउवासँग आफ्नो कुनै पनि समिकरण नहुने ठाकुरको भनाई छ ।

ठाकुरले देउवाले आफ्नो पाटीको कुनै पनि अजेण्डा देउवाले पूरा गर्न नसक्ने भएकाले पनि उनको पछि लाग्नु भन्दा तटस्थ बस्ने जनाएका छन् ।
विगतमा पनि आफूहरुलाई देउवा पटक पटक धोका दिएको ठाकुरको आरोप छ ।