काठमाडाैं महानगरले भाेलिबाट दाेस्राे डाेज भाेरसेल खाेप दिने ( सेड्युल सहित )

काठमाडाैं । काठमाडाैं महानगपालिका  कोभिड विरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा भाेलि  ( जेठ २ गते ) देखि  लगाउने अभियानमा जुटेकाे छ । यसका लागि सम्पूर्ण तयारी भइसकेकाे पनि महानगरले जनाएकाे छ ।  काठमाडौँ महानगरपालिकाले सहभागी नगराउने भएको छ ।  भेरोसेलको पहिलो मात्रा लगाएका र त्यसपछि  कोभिडको संक्रमण नभएका व्यक्तिहरुका लागि  खाेप दिने तयारी भएकाे हाे । भेरोसेलको दोस्रो मात्रा सञ्चालन गर्न काठमाडौँ महानगरले एक वडा एक खोप केन्द्रसमेत  तोकेकाे छ । जसमा ३२ वटै वडामा एक एक खाेप केन्द्र हुनेछन् ।

 

खोप केन्द्रमा कम्तीमा २ जना खोपकर्ता र एक जना खोपकर्ता बराबर ३ जना स्वयमसेवक परिचालन हुने पनि महानगरले बताएकाे छ ।

 

बिहान एक सूचना जारी गर्दै महानगरले यस्ताे बताएकाे हाे । खोप अभियानका लागि क्लिनिक इञ्चार्जहरुलाई खोप समन्वयकर्ताका रुपमा जिम्मेवारी तोकिएको छ ।   सम्बन्धितसँग वडाका जनप्रतिनिधि वा स्वयंसेवकसँग  समन्वय गर्दा पनि सजिलै खाेप लिन सकिने महानगरले जनाएकाे छ ।  खोप केन्द्रमा अनिवार्य रूपमा पहिले खाेप लिएकाे कार्ड  लिएर जान महानगरका प्रमुख विद्या सुन्दर शाक्यले अनुराेध गरेका छन् ।

 

अनावश्यक भिड नहाेस् भनेर महानगरले खाेपकाे सेड्युलसमेत तयार गरेकाे छ । हेराैं सेड्युल

 

२०७७ चैत २५, २६, २७ र २८ गते पहिलो मात्रा लगाएकालाई जेठ २ गते दाेस्रो खोप दिइनेछ ।

यसै गरी चैत २९ र ३० गते पहिलो खोप लिएकालाई जेठ ३ गते  दोस्रो मात्राको खोप दिइनेछ ।

त्यस्तै ०७७ चैत  ३१ र ०७८ बैशाख २ गते पहिलो खोप लगाएकालाई जेठ ४ गते दोस्रो मात्राको खोप दिइनेछ ।

बैशाख ३ र ४ गते पहिलो खोप लगाएकालाई जेठ ५ गतेकाे मिति ताेकिएकाे छ ।

बैशाख ५ र ६ गते पहिलो खोप लगाएकालाई जेठ ६ गतेकाे समय छ ।

बैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकालाई जेठ ७ गते हाजिर हुन भनिएकाे छ ।

बैशाख ११ र १२ गते पहिलो खोप लिएकालाई जेठ ८ गते भेरोसेलको दोस्रो मात्रा खोप दिइनेछ ।

बैशाख १३, १४ र १५ गते पहिलो मात्रा लिएकाहरुलाई क्रमशः जेठको ९, १० र ११ गते दोस्रो खोप दिइनेछ ।