पछिल्लो २४ घण्टामा १ सय ४५ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार  नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ३ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् ।  मन्त्रालयका अनुसार १९ हजार ५ सय ३९ पीसीआर परीक्षणबाट ७ हजार ३ सय १६ र ३४४ एन्टिजेन परीक्षणबाट ५२ जनामा संक्रमण पुष्टि भएको हो। त्यसैगरी  पछिल्लो २४ घण्टामा देशभर १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मन्त्रालयकाे तथ्य मान्ने हाे भने  गत २४ घण्टामा ६ हजार ६ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ लाख १० हजार २६३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ६०९ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौैंमा एक हजार ८८१, ललितपुरमा ४३६  र भक्तपुरमा २९२ जना नयाँ संक्रमित थपिएका हुन् ।