कोरोनाको शंका भए नलुकाउन महानगरको आग्रह

काठमाडाैं । मकाठमाडाैं महानगरपालिकाले काेराेनाकाे समस्याकाे शंका लागेमा लुकाएर नबस्न अपिल गरेकाे छ । महानगरले सक्रिय भएर काेराेनासँग लड्न तयार भएकाेले शंका लागेकाे खण्डमा परीक्षण गराउन महानगरले अपिल गरेकाे हाे । महानगरले  परीक्षणका क्रममा समस्या बढी भएका बिरामीहरुका लागि एम्बुलेन्समा राखी अस्पतालसम्म लाने र ल्याउने व्यवस्थासम्म कामपाले नै गर्दै आएको छ । यसका लागि पनि नागरिकले पैसा तिर्नु पर्दैन ।

यसरी कोरोना पोजिटिभ भएका बिरामीका लागि एम्बुलेन्ससँग कामपाले दुई हप्ताअघि नै सम्झौता गरिसकेको छ । कामपाको २३ वडा मध्ये सात स्थानबाट नागरिकले सेवा प्राप्त गर्न सक्नेछन् । कोरोनाका बिरामीले मात्रै होइन, अन्य दीर्घ रोग भएका कसैलाई अस्पतालसम्म जान र आउन परेमा पनि कामपाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ ।

त्यसका लागि आवश्यक पर्ने जो कोहीले ११८० कामपाको हटलाइन नम्बरमा सम्पर्क गर्नुपर्ने छ । कामपाका जनस्वाथ्य महाशाखा प्रमुख हरिबहादुर कुँवरका अनुसार पछिल्लो समय कामपामा सङ्क्रण दर अत्यधिक बढेको छ, यसरी नै सङ्क्रमित बढ्ने हो भने अवस्था जटिल हुन सक्छ, त्यसैले सबैले बेलैमा सावधानी अपनाउन आवश्यक भएको छ । “गत वर्षको बन्दाबन्दीमा नागरिक बढी नै सचेत थिए तर अहिले त्यो अवस्था छैन । विभिन्न बहानामा नागरिक घरबाहिर निस्किरहेको पाइन्छ, यसले जोखिम त बढाएको छ नै, नियन्त्रणका लागि कामपाले कठोर कदम चाल्नुपर्ने आवश्यता पनि देखिएको छ”, प्रमुख कुँवरले बताएका छन् ।