प्रधानमन्त्रीको सपथ बदर गर्नुपर्ने मागसहित सर्वाेच्चमा तीन वटा रिट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः सपथ ग्रहण गर्नुपर्ने माग सहित सर्वोच्च अदालतमा ३ वटा रिट दर्ता भएको छ । हिजो वरिष्ठ अधिवक्ता चन्द्रकान्ता ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली, केशर जंग केसी, विरभद्र जोशी, सन्तोष भण्डारी लगायतले छुट्टाछुट्टै पेश गरेको रिट आज सर्वोच्चले दर्ता गरेको हो । गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गराएकोे सपथ संविधानसम्मत नभएको भन्दै बदर गर्नुपर्ने माग रिटमा गरिएको छ ।

शपथ ग्रहणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले पटक पटक दोहो¥याउँदा पनि २ वटा महत्वपूर्ण अंश जानाजानी वाचन नगरि सपथ अघि बढाउनुभएको थियो । यस्तै रिटमा प्रधानमन्त्री ओलीले सपथ पछि दोस्रो पटक नियुक्त गरेका मन्त्रीहरुको नियुक्तीे पनि बदर गर्न माग गरिएको छ । शुक्रबार नै प्रधानमन्त्री ओलीले सांसद पद नै नरहेका रामबहादुर थापा, टोप बहादुर रायमाझी, प्रभु शाहा, लेखराजभट्ट र गौरीशंकर चौधरीलाई मन्त्रीमा नियुक्त गरे।