विद्यालय परिसरभित्र एक पुरुषको शव फेला

मकवानपुर ।  मकवानपुरको बकैया गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ। वडा नम्बर ३ मा रहेको ज्ञान ज्योति प्राथमिक विद्यालय परिसरभित्र स्थानीय ३५ वर्षीय दीपक वाइबाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

सोमबार बिहान ५ बजे विद्यालय परिसरमा वाइबाको शव घोप्टो परिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइँदै गरेको रिमालले बताए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।