पाँचथरमा थपियाे दुई साता निषेधाज्ञा

पाँचथर । कोभिड संक्रमितको संख्या बढ्दै गएपछि पाँचथरमा थप दुई साताको लागि निषेधाज्ञा थपिएको  छ । कोभिड–१० संकट व्यवस्थापन समिति(डिसीसीएमसी)को बैठकले आगामी जेठ १७ गते सम्मलाई निषेधाज्ञा थप गरेको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकालले जानकारी दिए । बैठकले अत्यावश्यक काम तथा औषधि उपचार प्रयोजन बाहेक नागरिकलाई घरबाट बाहिर ननिस्कन निर्देशन गरिएको उनले बताए।

अत्यावश्यक सेवामा प्रयोग हुने बाहेक कुनै पनि निजी तथा सार्वजनिक सवारी साधन सन्चालन गर्न समेत नपाइने निर्णयमा उल्लेख छ । जिल्लामा यसअघि वैशाख २७ गते बाट निषेधाज्ञा गरिएको थियो ।