‘मास्क नलगाउनेसँग जरिवाना नलिनू’

काठमाडौं ।  सर्वोच्च अदालतले मास्क नलगाएर घरबाहिर निस्कने व्यक्तिलाई जरिवाना नगर्न र होल्डिङ सेन्टरमा नराख्न अन्तरिम आदेश जारी गरेको छ ।  कोरोना महामारीको दोस्रो लहर फैलिएपछि प्रहरीले मास्क नलगाउनेलाई जरिवाना अनि घरबाहिर निस्कनेहरुलाई केही समय उभ्याएर होल्डिङमा राख्ने गरेकोमा सर्वोच्चले यस्ताे अन्तरिम आदेश जारी गरेको हो ।

यस्तो  काम संवैधानिक र संक्रामक रोग ऐनको व्यवस्थाको प्रतिकूल भएको भन्ने सर्वोच्चको ठहर छ ।   न्यायाधीश दीपककुमार कार्कीको इजलासले प्रहरीलाई त्यो अधिकार नभएको पनि बताएको छ ।  मास्क नलगाउनेलाई जरिवाना लिने र होल्डिङ सेन्टरमा राखेको देखिएकोप्रति  सर्वोच्चले ध्यानाकर्षणसमेत गराएको छ । संविधान तथा संक्रामक रोग ऐन २०२० को दफा ४ को व्यवस्थाको प्रतिकूल हुनले यस्तो गराउनु अमर्यादित रहेकाे  सर्वोच्चको ठहर छ ।