एकै टोलका ७४ जनामा संक्रमण

गुल्मी  । गुल्मी जिल्लाको एकै टोलका ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ। यो कालीगण्डकी गाउँपालिकाको वडा नम्वर ६ फोक्सिङको लम्करा गाउँको खबर हो ।  टोलका ९१ जनाको स्वाब परीक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि भएको कालीगण्डकी गाउँपालिकाले जनाएको छ ।

संक्रमित सबैको अवस्था सामान्य रहेको भने सामान्य रहेको छ ।  यसरी  ठूलो संख्यामा संक्रमण पुष्टि भएपछि स्वास्थ्य मापदण्डहरुलाई कडाइसाथ लागु गरिनुकाे विकल्प नभएकाे जनाइएको छ । संक्रमितहरु होम आइसोलेसनमा छन्। संक्रमण हुनेमा एक वर्षदेखि ९० वर्षसम्मका रहेका छन्।