कोरोनाले भारतमा हालसम्मकै उच्च मृत्यु

दिल्ली । कोरोनाभाइरस संक्रमणको कारण भारतमा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ  । पछिल्लो २४ घण्टामा  ४ हजार ५ सय २९ जनाको मृत्यु भएपछि यसले उच्च विन्दु छोएको हो  । दैनिक मृत्यु हुनेको संख्यामा भारतले अमेरिकालाई समेत उछिनेको छ । संक्रमण दर घटेपनि भारतमा मृत्यु हुनेको संख्यामा कमी आएको छैन ।

थप २ लाख ६७ हजार ३ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ भने ३ लाख ८९ हजार ८ सय ५१ जना डिस्चार्ज भएका छन् । भारतमा अहिलेसम्म २ करोड ५४ लाख जनामा संक्रमण पुष्टि भएको छ भने २ करोड १९ लाख जना संक्रमण मुक्त भएका छन् । मुत्यु हुनेको कूल संख्या २ लाख ८३ हजार २ सय ४८ रहेको छ भने संक्रिय संक्रमित संख्या ३२ लाख २६ हजार ७ सय १९ छ । हिजो संक्रमणको संख्यामा कमी देखिए पनि बुधबार मृत्यु दर हालसम्मकै उच्च भएको हो ।

ताजा अपडेट