भारतको उत्तराखण्डमा बालबालिकामा पनि कोरोना

काठमाडाैं । भारतको उत्तराखण्ड राज्यमा पछिल्लो डेढ महिनामा १६ हजार भन्दा धेरै बच्चा र १९ वर्षसम्मका मानिसमा संक्रमण पुष्टि भयो। स्टेट कन्ट्रोल रुम कोभिड १९ को बेवसाइटका अनुसार यो संख्यामा ९ वर्ष उमेर समूहका ३ हजार २० जना र १० देखि १९ वर्षका १३ हजार ३ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमणको पहिलो संक्रमितको अघिल्लो वर्ष मार्चमा पुष्टि भएको थियो।

एक वर्षको अवधिमा ३१ मार्चसम्म प्रदेशमा बच्चा र किशोरहरुमा कुल १० हजार ७ सय ४० जना मा कोरोना पुष्टि भएको हो। यो तंथ्याक अप्रिल २०२१ सम्म १८ हजार पार गरेको छ। बालबालिकामा तिब्र रुपमा कोरोना फैलने क्रम जारी रहेको छ।  उत्तर प्रदेशमा कोरोनाको तेस्रो लहर शुरु भएको अनुमान गरिएको छ।  उत्तराखण्डका डाइरेक्टर नेसनल हेल्थ मिसन डा. सरोज नैथानीले यो आँकडाले सिंगो भारतलाई सचेत गराउनु पर्ने अवस्था आएको बताए।  ‘अहिले जुन आँकडा आएको छ, त्यसमा हामी हेर्नुपर्नै छ कि कोरोना भाइरस कुनस्तरका बच्चामा धेरै देखिएको छ,’ उनले भने, ‘यो सबै देहरादुन, हरिद्वार र उधमसिंह नगरका हुन् या पहाडी भेगका बच्चामा पनि देखिएको छ। हाम्रो सर्विलेन्स टीमले यसको खोजी शुरु गरिसकेको छ।’

महामारीको इतिहासलाई हेर्ने हो भने सामान्यतया महामारीको ३ देखि ४ वटासम्म लहर आउने उनले बताए। अहिलेसम्म भारतमा १८ वर्षभन्दा बढी उमेर समूहका मान्छेमा मात्रै कोरोना भाइरसको खोप लगाउने गरिएकाले खोप लगाउन बाँकी रहेका  १८ वर्षभन्दा कम उमेरका बच्चाहरुमा यसको खतरा देखिएको उनले बताए । उत्तराखण्ड सरकारका प्रवक्ता तथा क्याबिनेट मन्त्री सुबोध उनियाले सरकारले बच्चाहरूको लागि छुट्टै कोभिड अस्पताल तयार गरिरहेको बताए। संक्रमित बच्चाहरूलाई छुट्टै कोठामा राखिने पनि उनले बताए। ‘हामी यसमा होटेलहरू पनि समावेश गर्दछौं, जसले उनीहरूलाई कोभिड अस्पताल बनाइन्छ, एकल कोठा सुविधा दिइँदैछ,’ उनले भने, ‘जसमा उनीहरूका अभिभावक बच्चासँगै राख्नुपर्‍यो भने तिनीहरूलाई राख्न सकिने हुन्छ।’ बिबीसी हिन्दीले जनाएकाे छ ।