कोरोनाले हालसम्म पाँच हजार ६५७ जनाको मृत्यु

काठमाडाैं । हालसम्म कोरोनाका कारण पाँच हजार ६५७ जनाको मृत्यु भएको छ । त्यस्तै हाल नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १४ हजार ७१३ पुगेको छ  ।  पछिल्लो २४ घण्टामा सात हजार ९८९ जना कोरोनाबाट निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ८५६ जना क्वारेन्टिनमा छन् । गत २४ घण्टामा थप आठ हजार १७३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा पिसीआर विधिबाट आठ हजार ६४ र एण्टिजेन विधिबाट परीक्षण गर्दा १०९ जनामा पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा काठमाडौंँ उपत्यकामा मात्र दुई हजार ४८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंँमा एक हजार ९८८ जना, भक्तपुरमा २२८ जना र ललितपुरमा २७० जना गरी दुई हजार ४८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यस अवधिमा २४६ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले  जानकारी दिए ।  ।