प्रधानमन्त्री नै मौन अवधि उल्लंघन गर्छन्…

काठमाडाैं । निर्वाचन आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै राति १२ बजेबाट मौन अवधि सुरु भएको भन्दै कुनै पनि माध्यमबाट उम्मेदवारको पक्षमा मत नमाग्ने निर्देशन दिएको थियो। ‘वागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचन प्रयोजनका लागि जेठ ३ गते राती १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु भएको छ’ आयोगले बुधबार प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ। यस अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्ने, एस.एम.एस. फेसवुक, भाइबर जस्ता बिद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने हुँदा उल्लिखित आचरणहरु पालना गर्न गराउन भनी आयोगले सबैसँग आग्रह गरेको छ।

परन्तु  प्रधानमन्त्री केपी शर्मा ओलील राष्ट्रिय सभा निर्वाचनको मौन अवधिमा गृहमन्त्री रामहादुर थापा बादलका लागि मत मागेर माैन अवधिको उल्लंघन गरेका छन् । मतदान प्रक्रिया सुरु हुनुभन्दा २१ घण्टाअघि प्रधानमन्त्री ओलीले आफ्नो पार्टी एमालेका उम्मेदवारलाई जिताउनका लागि मत मागेका हुन्।