बिल गेट्सको याैनकान्ड

काठमाडौं । माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्स हाल याैन कान्डका कारण चर्चामा छन् । कम्पनीकै महिला कर्मचारीसँग याैन कान्ड मच्चाएका गेट्सको कु०डलीमा  अहिले राहु केतुको दशा चलेको अनुभव हुन्छ । हालै पत्नीसँग तलाक दिएका गेट्सको नाम याे कान्टपछि पुनः चर्चामा छाएको हाे  । केही दिन अघि उनी र मेलिंडा गेट्सले आफूहरु अलग हुने घोषणा गरे । २७ वर्ष सँगै बसेका उनीहरूको सम्बन्ध विच्छेद भएको खबर निकै चर्चामा रह्यो । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले गत वर्ष कम्पनीको बोर्डबाट राजीनामा दिए । राजीनामा दिँदै गर्दा कम्पनी भीत्र उनीमाथि छानविन भइरहेको खबर आइरहेको छ । यो छानविन बिल गेट्सको २० वर्ष पुरानो अफेयरको विषयलाई लिएर चलिरहेको थियो । तर त्यही छानविनकै बीच उनी कम्पनीको बोर्डबाट हटे। माइक्रोसफ्टले उनको व्यवहारलाई लिएर केही चिन्ताहरु व्यक्त भइरहेका कारण त्यसमाथि अनुसन्धान सुरु गरिएको पुष्टी गरेको छ ।

कम्पनीको भनाईमा माइक्रोसफ्टले एउटा कानूनी फर्मसँग मिलेर यो मामिलामाथि जाँच सुरु गरेको थियो र गेट्सको व्यवहारलाई लिएर रिपोर्ट गर्ने कर्मचारीलाई पुरा सहयोग उपलब्ध गराइएको थियो । यद्यपि बिल गेट्सका प्रवक्ताले यसलाई अस्वीकार गरेका छन् । उनका अनुसार यस विषयसँग बोर्डबाट राजीनामा दिने निर्णयको कुनै सरोकार थिएन । बिल गेट्सले छानबिनकै क्रममा राजीनामा गरे । सोमबार, माइक्रोसफ्टका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै भने – सन् २०१९ को अन्तिम महिनामा कम्पनीमा एउटा उजुरी आएको थियो, जसमा बिल गेट्सले सन् २००० मा कम्पनीकी एक महिला कर्मचारीसँग “अन्तरंग सम्बन्ध सुरु गर्न” आग्रह गरिएको थियो । उनले अगाडि भने “बोर्डको समितिले सम्पूर्ण मामलालाई गम्भीरताका साथ लियो र यस विषयमा अनुसन्धान गर्न बाह्य कानुन फर्मको सहायता लिने निर्णय गर्‍यो । अनुसन्धानका दौरान माइक्रोसफ्टले उजुरी दायर गर्ने कर्मचारीलाई पूर्ण सहयोग गरेको थियो ।”

राजिनामाको समयमा उनले लेखेका थिए, “माइक्रोसफ्टको बोर्डबाट हट्नुको अर्थ कुनै पनि हालतमा कम्पनीबाट टाढा जानु होइन । माइक्रोसफ्ट सधैं मेरो जीवनको महत्त्वपूर्ण हिस्सा हुनेछ ।” “म कम्पनीको प्रगतिमा निकै आशावादी छु र यो निरन्तर संसारलाई लाभ पुर्‍याउने काममा अग्रसर भइरहनेछ ।” बिल गेट्सले सामाजिक काममा बढी ध्यान दिन चाहेको भन्दै कम्पनीको बोर्ड अफ डाइरेक्टर्सबाट राजीनामा दिए । यद्यपि उनले यो पनि भनेका थिए कि कम्पनी उनका लागि सँधै महत्वपूर्ण रहने र आफूले वर्तमान सीईओ सत्य नाडेला र अन्य अधिकारीहरूको सल्लाहकारको रूपमा काम गरिरहने छन् ।