ओलीलाई कांग्रेसको ज्ञापनपत्र

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरू सिंहदरबारमा ज्ञापनपत्र बुझाएका छन् । कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी काम गर्न ज्ञापनपत्रमा माग गरिएको छ । ज्ञापनपत्र बोकेर सभापति शेरबहादुर देउवासहित कांग्रेस नेताहरू प्रधानमन्त्री कार्यालय पुगेका थिए । तत्काल जनतालाई खोप दिनुपर्ने लगायत १५ बुँदे माग समेटिएको पत्र कांग्रेसले प्रधानमन्त्रीलाई बुझाएको छ । कांग्रेस संसदीय दल कार्यसमितिको बुधवार बसेको बैठकले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।