इजरायलको हिंसा अन्त्यको लागि राष्ट्रसंघको चासो

काठमाडाैं । इजरायलको हिंसा अन्त्यको लागि राष्ट्रसंघले चासो देखाएको छ । जारी हिंसाका क्रममा गाजाका लाखौँ बालबालिका असुरक्षित भएका र उनीहरुको अवस्था नाजुक भएको भन्दै राष्ट्रसंघले चासो लिएको हो । संयुक्त राष्ट्रसंघीय बालबालिका सम्बन्धी कोष, युनिसेफका प्रमुखले  हिंसा राोकिदिन अपिल गरेकी छन् ।

गाजामा जारी रहेको हिंसाले अवस्था दिन प्रतिदिन गम्भीर भएको उनले बताएका छन् । त्यसैले सो क्षेत्रमा युद्धविराम गर्न र शान्तिपूर्ण रुपमा यहाँको समस्याको समाधान खोज्नका लागि उनले आग्रह गरेको समाचार एजेन्सीहरूमा जनाइएको छ ।