एकै बस्तीमा १३ जनाको मृत्यु कोरोनाको शंका

महोत्तरी । कोरोनाको शंकास्पद महोत्तरीमा   एकै बस्तीमा १३ जनाको मृत्यु  भएको छ । कोभिड–१९ बाट रामनगर बस्तीमा दुई सातामा १३ जनाको मृत्यु भएको हो । मृतकमध्ये ५० वर्षीया एक महिलाबाहेक कसैको पिसिआर परीक्षण भएको थिएन । चारैतिर कोभिड–१९ सङ्क्रमणबाट धमाधम मान्छे मर्न थालेपछि बस्तीमा त्रास फैलिएको छ । मृतकमध्ये अधिकांश ५० वर्ष उमेरको हाराहारीका परेका छन् । रुघाखोकी लाग्ने, सामान्य ज्वरो आउने र पखाला लाग्ने व्यथाले धेरैको मृत्यु भएको सो बस्तीकै बासिन्दाको भनाइ छ  ।

बिरामी भएपछि दुई जनालाई परिवारजनले अस्पताल पु¥याएका थिए, अरुको घरमै मृत्यु भएको स्थानीउ बताउँछन् । अस्पताल पु¥याइएका दुई जनाको पनि पिसिआर परीक्षण भने गरिएको थिएन ।  महाव्याधि त्रासले गर्दा मान्छे मर्दा घरका परिवारबाहेक आफन्त पनि अन्त्यष्टिमा सामेल हुन छाडेका छन् । पछिल्ला केही घटनाका शव त नगरपालिकाले जेसिभीले उठाएर गाड्ने गरेको छ ।