चर्को मूल्यमा औषधि बेच्ने दुई स्वास्थ्यकर्मी नियन्त्रणमा

हेटाैंडा । हेटाैंडामा दुई  स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिइएको छ । उनीहरूले उपभाेक्तासँग चर्को मूल्यमा अक्सिमिटर बेचेको कारण प्रहरीले नियन्त्रणमा लिएको हो ।   शुक्रबार जिल्ला प्रशसन कार्यलय मकवानपुरले  मेडिकलहरूको अनुगमन गरेको  छ । सो क्रममा  मेडिकलहरूले  अक्सिमिटर बजार मुल्य भन्दा निकै महङ्गोमा बिक्री गरेको पाएको छ । त्यसपछि  प्रशसन कार्यलयले बाध्य भएर  राप्तीरोडमा रहेको ‘सान्वी मेडिको’ मेडिकल सिल गरेको छ ।

यस क्रममा मेडिकलकी स्वास्थ्यकर्मी  नीशा आचार्य र  मनिता मल्ललाई नियन्त्रणमा लिएको छ ।