काठमाडाैं । फुटनजिक पुगेको जनता समाजवादी पार्टी जसपा विवाद चर्किंदै गएपछि एकअर्कोलाई कारबाही र निर्णय अवज्ञा गर्ने होडबाजी नै चल्न थालेको छ । सरकार निर्माण विषयलाई लिएर पार्टीशीर्ष नेता दुई समूहमा विभाजित भएपछि आन्तरिक विवाद चर्किंदै गएको हो । विवाद उत्कर्षमा पुगेकै बेला एकाले अर्को पक्षलाई कारबाही र अर्को पक्षले निर्णय अवज्ञा गर्नेक्रम बढेको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता एवं संसदीय दलका नेता राजेन्द्र महतो समूह प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्दै अघि बढिरहेका छन् ।
त्यस्तै, ‘प्रतिगमनकारी ओली सरकारमा पार्टीको कुनै सदस्य सामेल भएमा पार्टीबाट स्वतः निष्कासित हुने स्पष्ट गरिएको’ खतिवडाले बताए । उनका अनुसार पार्टीविरोधी गतिविधिमा संलग्न अन्यबारे आवश्यक सूचना संकलन गर्ने र यथोचित कारबाही प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको छ । शनिबार र आइतबार बसेको बैठकले पार्टी कार्यकारिणी समिति बैठक बोलाउने र निर्णय प्रमाणितलगायत अधिकार अध्यक्ष यादवलाई दिने निर्णय गरेको छ । बैठकले पार्टी संसदीय दलको विधान अझै अनुमोदन नगरेकाले ‘कोही पनि दलको नेता चयन भएको खबर अफवाह भएको’ पनि जनाएको छ । यसैगरी, कर्ण र शुक्ल सदस्य रहेको कुनै कार्यदल नबनाइएको पनि स्पष्ट पारिएको छ । ठाकुर र महतो समूहले सरकारसँगको सहमतिअनुसार कर्ण र शुक्ल सदस्य रहनेगरी संविधान संशोधन कार्यदल गठन गराएपछि यादव समूहले कुनै कार्यदल नबनेको जनाएको छ । राजधानी दैनिकबाट
Add Comment