‘केपी ओलीले व्यक्तिवादी सोच र स्वार्थ पूरा गर्न सरकारको चरम दुरूपयोग गरे’

काठमाडाें । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले उनले आफूले पार्टी एकतालाई कायम राख्न सकेजति प्रयास गरे पनि ओलीले प्रतिशोध साँधेको बताएका छन् । ओलीका गलत गतिविधिका कारण मुलुक अप्ठेराेमा परेकाे पनि उनकाे भनाइ छ । मंगलबार उनले सामाजिक सञ्जालमा सन्देश प्रवाह गर्दै यस्ताे बताएका हुन् ।

उनले लेखेका छन्- ‘नेपालको कम्युनिष्ट आन्दोलनमा राष्ट्रघाती र प्रतिगमनकारीको रूपमा सिंगो कम्युनिष्ट आन्दोलन बिसर्जन गर्ने पात्रका रूपमा केपी ओलीले आफूलाई स्थापित गरेका छन्। केपी ओलीले नितान्त व्यक्तिवादी सोच र स्वार्थ पूरा गर्न सरकारको चरम दुरूपयोग गरेका छन्। कम्युनिष्ट सरकार रहेका बेला बिचौलिया, दलाल, माफिया र गुण्डाराज चलाउनेहरू उत्साहित हुने तर सर्वहारा वर्ग र आम नेपाली जनता अपहेलित हुने अवस्था आउनु दु:खद् पक्ष हो।’