काठमाडाैं । पर्व प्रधानमन्त्री झलनाथ खनालले ओलीको कारबाहीले कसैको पनि राैं नहल्लने प्रतिक्रया दिएका छन् । उनले पार्टीले कारबाही गरेको सन्देश पाएपछि यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने ‘आफ्ना सहयोद्धा साथीहरूलाई यसरी कारबाही गरेका छन्। यो ओलीको हिटलर, निरंकुश, निर्मम र क्रुरतापूर्ण काम हो।म एक महिनादेखि बिरामी भएर बसेको मान्छेको रौं समेत हल्लिएको छैन’, उनले भने, ‘ओलीले मान्छेका लासहरुमाथि शासन गरेका छन्। यस्तो अपराधीलाई चाडो भन्दा चाडो यो समाजबाट बिदाइ गर्नुपर्छ।’
ओलीले मान्छेका लासहरुमाथि शासन गरेका छन् : खनाल
जेष्ठ ११, २०७८
Add Comment