एम्बुलेन्सकाे काम गाँजा ओसारपसार

काठमाडाैं । एम्बुलेन्सकाे काम गाँजा ओसारपसारमा सहयोग गर्नु होइन तर, एम्बुलेन्स यसैको लागि प्याेगद भइरहेको छ । सुन्दा नमीठाे लागे पनि याे सत्य नै हो ।  मानवीय सेवामा उपयोग हुने एम्बुलेन्सले नै अवैध लागु पदार्थ गाँजा बोक्ने काममा प्रयाेग हुँदा बिरामी पर्दा एम्बुलेन्स नपाउनेहरू त झनै रिसाउने नै भए ।   इलाका प्रहरी कार्यालय धरानले गएराति एम्बुलेन्समा १०० किलो  गाँजा सहित दुईजनालाई पक्राउ गरेपछि सो तथ्य बाहिर आएको हो । भेडेटारबाट धरानतर्फ आइरहेको  हुडेप नेपाल लेखिएको  को १ च ५५५९ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद गरिएको  प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।  उनले भने, “एम्बुलेन्सलाई शंका लागेर जाँच गर्दा पछाडी भागमा २५ केजीका चार झोलामा १०० किलो गाँजा फेला पर्‍यो ।”

एम्बुलेन्स चालक धरान उपमहानगरपालिका –१५ का ३६ वर्षीय बलबहादुर लिम्बु र धनकुटा शहीदभूमि गाउँपालिका १ घर भई हाल धरान उपमहानगरपालिका –११ बस्नेत २८ वर्षीय पोषण राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला अदालतबाट आज लागूऔषध मुद्दामा उनीहरूलाई म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । प्रहरीले अभियुक्तले अवैध सो लागूपदार्थ धनकुटाबाट भारतमा बेच्न लैजान लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान जारी रहेको  जनाएको छ ।