केही दिन भारी वर्षाको सम्भावना कायमै

काठमाडाैं । पश्चिमी बंगालको खाडीमा देखिएको यास चक्रवात र नेपलको मनसुन पनि सुरू हुने समय भएकोले केही दिन भारी वर्षाको सम्भावना कायमै रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।   विभागका अनुसार जेठ १३ देखि १५ गतेसम्म प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

ती प्रदेशका तराइमा अति भारी वर्षा, चट्याङ पर्ने र उच्च वेगको हावाहुरी आउने सम्भावना रहेको जनाइएको छ । कर्णाली र सुदुरपश्चिम प्रदेशमा भने एक दुई स्थानमा मेघ गर्जनसहित चट्याङ पर्ने र मध्यम वर्षाको सम्भावना छ । गण्डकी, वाग्मती र प्रदेश १ का हिमाली र उच्च पहाडी क्षेत्रमा केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जनाइएको छ । यसै कारण विभागले सतर्क रहन अपिल गरेको हो ।