यूएई सरकारले नेपाललाई भ्याक्सिन सहयोग गर्ने

एजेन्सी ।  नेपाललाई स्वास्थ्य सामाग्री सम्बन्धी सहयोग गर्न यूएई सरकार सकारात्मक भएको बताइएको छ  । नेपाल सरकारकोतर्फबाट गरिएको सहयोगको अनुरोधलाई यूएईले सकारात्मक रूपमा लिएको यूएईका लागि  नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताएका छन् ।

उनका अनुसार यूएई सरकारबाट छिट्टै सहयोग प्राप्त  हुनेछ । नेपाल सरकारले  भ्याक्सिन सहयोग गरिदिन यूएईसँग अनुरोध गरेको छ । नेपालले परराष्ट्र मन्त्रालय, नेपाली दूतावास, काठमाण्डौमा रहेको यूएई दूतावास लगायत सरकारका उच्च निकायमार्फत सहयोगका लागि अनुरोध गरेको थियो ।