कर्णाली । एघार वटा जटिल भीर पार गर्दै पाँच वर्षमा कर्णाली करिडोर हुम्ला पुगेको छ । यो पाँच वर्षको पछिल्लो वर्ष कोरोना महामारी हुँदाहुँदै पनि विकास कामले तीव्रता पाएको छ । असजिला र बढी चट्टानी भाग कोरोनाकालमै चिर्न सफलता प्राप्त भएको छ । हुम्लाको ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्ल अपत्यारिला भीरबाट हुम्लामा सडक पुगेको कुरा सपनाजस्तो लागेको बताउँछन् । “यति असजिलो भीरमा पनि सडक बन्छ भन्ने कुरा पत्यार थिएन तर सफल भयो । देशभर कोरोनाका कारण विकास निर्माण ठप्प हुँदा पनि हुम्लामा सडक पु¥याउन काम रोकिएन,” मल्लको भनाइ छ ।
Add Comment