प्रधानमन्त्रीले अपराह्न ४ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

?????????????????

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।  आज अपराह्न ४ बजे सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । संविधानअनुसार प्रत्येक बर्षको बजेट प्रत्येक जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने हुन्छ । तर,  गत ७ जेठ मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने तयारी छ । अध्यादेशबाट बजेट नल्याउन सरोकारवालाहरूले सुझाव दिँदै आएका छन् । जेठ ७ गते मध्यरातमा संसद विघटन गरेपछि अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्‍याउने तयारी भइरहेको छ।