विषालु रक्सी पिएका ११ जनाको ज्यान गयाे

एजेन्सी ।  उत्तर प्रदेश प्रहरीका अनुसार अलिगढ जिल्लामा विषालु रक्सी पिएका ११ जनाको ज्यान गएको बीबीसीले जनाएकाे छ ।

साे रक्सी बेच्ने पसलेसँग  रक्सी बेच्ने लाइसेन्स भए पनि त्यसरी विषालु रक्सी कसरी पसलसम्म् पुग्याे भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।

अन्य कुनै कारण नदेखिएको र मृतक सबैले एकै पसमा रक्सी पिएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

साेही कारण ११ जनाको ज्यान गएको  प्रहरीको  दाबी छ ।

रक्सीको नमूना जाँचका लागि सम्बद्ध निकायमा पठाइएको पनि प्रहरीले जानकारी दिएकाे बीबीसीमा जनाइएकाे छ ।

घटनामा संलग्न रहेको आरोपमा केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको पनि साे खबरमा भनिएकाे छ । साे सम्बन्धममा प्रहरीले थप अनुसन्धान  गरिरहेको बताइएकाे  छ।